दुर्गममा आँखा उपचार सेवा आवश्यक छ : उपराष्ट्रपति यादव

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २६, २०७९
|
|
६० पटक हेरिएको
Shares
दुर्गममा आँखा उपचार सेवा आवश्यक छ : उपराष्ट्रपति यादव

सारांश

  • काठमाडौँ ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु-याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन् ।
  • आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताएका हुन् ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु-याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताएका हुन् ।

उपराष्ट्रपति यादवले भने, “अन्धोपनको प्रतिशतमा कमी देखिए पनि नेपालको जनसङ्ख्या एवं ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको बढोत्तरीले आँखाको सेवा विशेषगरी दुर्गम क्षेत्रमा अझै चुनौतीका रुपमा रहेको छ ।”

नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको हो । तर दुर्गममा आँखासम्बन्धी समस्या अझै रहेको भन्दै त्यहाँ सेवा विस्तार गर्न उनले सरोकारवाला सबैलाई आग्रह गरे । उनले भने, “यसका लागि सरकार, गैरसरकारी र निजी क्षेत्रबाट थप प्रयास गर्नुपर्छ ।”

उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताए । उनले आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरे ।

अस्पतालका पूर्वअध्यक्ष प्राडा रामप्रसाद पोखरेलले नेपाल आँखा उपचारका लागि स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा प्रगति गरेको बताए । उनले भने, “५० वर्षअघि मोतिविन्दुको उपचारका लागि भारत जानैपर्ने बाध्यता थियो । अहिले भारतबाट नेपाल आउने सेवाग्राहीको घुइँचो छ, यो प्रशंसनीय प्रगति हो ।”

विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा निर्माण भएको नेपाल आँखा अस्पतालले स्थापनाको ५०औँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलका अनुसार अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ ।

यस्तै, एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । घरदैलो कार्यक्रमबाट १५ लाखले आँखा उपचार सेवा लिएका छन् । अहिले १४ जना नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारको सेवा उपलब्ध छ । दैनिक सात सयजना बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीको आँखा परीक्षण र चस्मा निःशुल्क वितरणसमेत गर्दै आएको छ ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
सेक्सी लुक्समा अन्जली (भिडियो)
सेक्सी लुक्समा अन्जली (भिडियो)
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ

तपाईंले छुटाउनुभयो कि?