काठमाडौंको तापक्रम शून्यमा
सारांश
- काठमाडौं, १६ पुस ।
- काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ ।
- मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको तापक्रम ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।
काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको तापक्रम ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।
महाशाखाका अनुसार तापक्रम घट्ने क्रम जारी रहकोले चिसो अझै बढ्ने छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।
आज र भोली देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् । आज पश्चिमको पहाडी भेगका केहि स्थानमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षा हुने सम्भावना छ ।
भोली दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुनेछ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया