दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सारांश

  • मलेखु, धादिङ, १२ फागुन, पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
  • जिल्लाको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
  • मुग्लिनबाट काठमाडौंँतर्फ जाँदै गरेको ना६ख ९०७६ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा८५प ६२७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकाका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

मलेखु, धादिङ, १२ फागुन, पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्लाको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौंँतर्फ जाँदै गरेको ना६ख ९०७६ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको बा८५प ६२७२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिकाका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

त्यस्तै बेनीघाट रोराङ गाउँपालिका–५, बाँदरेमोडमा चितवनबाट काठमाडौँ जाँदै गरेको लु१ख ९६१७ नंको ट्रकले बा ८०प ९९५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बालविकास रावल र मोटरसाइकलको पछाडि बसेका उमा सावत घाइते भएका छन् । घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिकार भन्दै हिंसामा उत्रियो विप्लव समूह
प्रतिकार भन्दै हिंसामा उत्रियो विप्लव समूह
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
२५ जनाभन्दा बढि भेला हुन रोक
२५ जनाभन्दा बढि भेला हुन रोक
घर जलेपछि पीडितलाई बासको समस्या
घर जलेपछि पीडितलाई बासको समस्या
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने

तपाईंले छुटाउनुभयो कि?