दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
विराटनगर साउन,२४।आज दिउँसो विराटनगर-जोगबनी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक बिवेकानन्द झा को मृत्यु भएको छ ।
जोगबनी बाट विराटनगरतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाईकल अचानक आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा जिल्लामा दरबन्दी भई हाल मोरङको इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षिय झा को मृत्यु भएको हो ।
मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका झा को कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।
प्रतिक्रिया