देउवाको प्रश्न बाँस्कोटाले भनेको ‘हामी’ को को हुन्?
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानवीन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।
- प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानवीन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए।
काठमाडौं। प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानवीन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानवीन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए। ‘हप्ता पुग्दा पनि छानवीन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेका कसलाई भनेका हुन्? हामी भित्र को को पर्छन्? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।
छानवीन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानवीन प्रभावित हुन्छ कि हुँदैन भन्दै उनले प्रश्न समेत गरे। ‘छानवीन गर्ने निकायले छानवीन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन। छानवीन हुनुभन्दा पहिले तपाईँले निणर्य दिनुभयो भने तपाईंको बोलिको विश्वसनीयता कमजोर भएन?’, देउवाले प्रश्न गरे।
सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीलाई १२ अर्ब कसरी लाग्यो?’, देउवाले प्रश्न गरे।
उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।
उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।
प्रतिक्रिया