दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु

सारांश

  • जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ ।
  • पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो ।
  • सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो ।

सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले बताउनुभयो ।

फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ । यो सेवा दैलेखसँगै छिमेकी जिल्लाका बिरामीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरु उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताउनुभयो । दई हप्ताअघि शुरु भएको सो सेवाबाट हालसम्म ५० बढी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा  जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
झापा जिल्लका सबै क्षैत्रको पछिल्लो अपडेट
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
बनेपामा साझा बस पुगेपछि फोटो खिच्नेको भीड
बनेपामा साझा बस पुगेपछि फोटो खिच्नेको भीड
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
बुथ कब्जा गरेर चुनावी परिणामलार्इ प्रभाव पार्ने खेल हुन सक्छ – श्रेष्ठ ।
बुथ कब्जा गरेर चुनावी परिणामलार्इ प्रभाव पार्ने खेल हुन सक्छ – श्रेष्ठ ।
विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले
विप्लवको नेपाल बन्द: प्रभाव न्यून, सवारी निर्वाध रुपमा चले
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा
पक्राउ परेका विप्लवका छोरा प्रकाश रिहा
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

तपाईंले छुटाउनुभयो कि?