मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने

सारांश

  • काठमाडौं २५ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।
  • जनकपुर, बैशाख २५ ।

काठमाडौं २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।

जनकपुर, बैशाख २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ ।

बैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् ।

‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका केही घोषणाहरु छन्’, मन्त्री ज्ञवालीले सोमबार जनकपुरमा मोदीको भ्रमण तालिका सार्बजनिक गर्दै भने,‘ती सहमति र घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गर्ने कार्यक्रम तय भएको छ ।’

ओलीले चैत अन्तिम साता गरेको भारत भ्रमणका क्रममा दुई देशबीच रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?