पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

सारांश

  • कोलकाता,२७ माघ ।
  • भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।
  • पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ ।

कोलकाता,२७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उहाँको हत्या भएको हो ।गोली प्रहार भएको केही समयमै उहाँलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उहाँमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले जनाएको छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश
कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
शेयर बजार ३७ अङ्कले बढ्यो
शेयर बजार ३७ अङ्कले बढ्यो
मुग्लिन-नारायणगढ सडकमा सर्तक रहनु
मुग्लिन-नारायणगढ सडकमा सर्तक रहनु
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
रोल्पाबाट ३ बालकको उद्धार
रोल्पाबाट ३ बालकको उद्धार
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
होसियार ! उपभोक्ता ठगे मुद्दा
होसियार ! उपभोक्ता ठगे मुद्दा
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

तपाईंले छुटाउनुभयो कि?