रोल्पाबाट ३ बालकको उद्धार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
रोल्पाबाट ३ बालकको उद्धार

सारांश

  • रोल्पा, १३ मंसिर ।
  • रोल्पा पश्चिमबाट राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ३ बालकको उद्धार गरिएको छ ।
  • अभिभावक र अन्यका साथ श्रमबजारमा पु¥याइँदै गरेका ती बालकलाई त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानबाट उद्वार गरिएको हो ।

रोल्पा, १३ मंसिर । रोल्पा पश्चिमबाट राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ३ बालकको उद्धार गरिएको छ । अभिभावक र अन्यका साथ श्रमबजारमा पु¥याइँदै गरेका ती बालकलाई त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानबाट उद्वार गरिएको हो ।

बालश्रम रोक्नेबारे सो गाउँपालिकाले यस अघि नै रणनीति तय गरिसकेको छ । त्रिवेणी गाउँपालिकाले बालश्रम निवारण सम्बन्धी तीन वर्षे रणनीति बनाई कार्यान्वयन गर्न थालेको छ । रणनीति अनुसार गाउँपालिका भित्रबाट कसैले बालबालिकालाई श्रम बजारमा लैजान नपाउने तथा लगेमा कारबाही गरिने निर्णय गरिएको छ ।

बालअधिकारको सम्मान गर्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य र हेरचाह गर्न अभिभावकलाई प्रेरित गरिएको छ । बालबालिकालाई जिल्ला बाहिर लैजानबाट रोक्न सबै नाकाहरुमा कडाई अपनाइएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?