दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते

सारांश

  • सुर्खेत।
  • कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्।
  • मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।

सुर्खेत। कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्। मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ। रातिको समयमा बस दुर्घटना भएकाले अझै पूरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?