द भ्वाइस अफ नेपाल सिजन २ मा फेरबदल

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ४, २०७६
|
|
४३ पटक हेरिएको
Shares
द भ्वाइस अफ नेपाल सिजन २ मा फेरबदल

सारांश

  • काठमाडौं, असार ४ ।
  • नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन्।
  • सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था राउत चयन भएका हुन् ।

काठमाडौं, असार ४ । नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि दुई जना नयाँ कोच चयन भएका छन्। सिजन २ मा नयाँ कोच गायक राजु लामा र गायिका आस्था राउत चयन भएका हुन् ।यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका हुन् । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा द भ्वाइस अफ नेपाल–२ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ

यो पनि पढ्नुस्
भक्तपुरको फन भ्यालीमा धमिलो पानी प्रयोग

सर्वसाधारणलै भक्तपुरको पलांसेस्थित फन भ्यालीमा धमिलो पानी प्रयोग गरेको गुनासो गरेका छन् । सोमवार फनभ्यालीमा बच्चा लिएर पुगेका सुर्यविननयम –७ का सुभाष श्रेष्ठका अनुसार, धमिलो पानीमा पौडी खेलेका बालबच्चामा एलर्जी देखिएको हो । जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयमा कम्पनिले लापरवाही गरेका कारण आफ्ना बालबच्चामा एदर्जी दैखिएको बताउँदै श्रेष्ठले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।सेयर सदस्यहरु बीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्रै सञ्चालनमा आएको थियो । भक्तपुरका अलवा, काठमाडौं, ललितपुर र काभ्रे लागायतका जिल्लावासीलाई गर्मी मौसममा उपयुक्त मानिदै आएको फनपार्कले बढी मुनाफा कमाउँने नाममा गुणस्तरहिन पानी प्रयोग गरेपछि स्थानीयले फनपार्कको विकल्प खोज्न थालेका छन् ।

फनपार्कका एक नियमित ग्राहकका अनुसार, प्रचण्ड गर्मी छल्न चाहने जो कोहिलाई पनि त्यहाँ पुगेर चिसो पानीमा पौडी खेल्ने इच्छा हुनु स्वाभाविक हो । तर, पानीमा खरावी भएपछि पौडी खेल्नु अघि एकपल्ट सोच्नै पर्ने अवस्था आएको छ ।फनपार्क सञ्चालक डा भोगेन्द्र शर्मा भने पाँचवटा बोरिङ गरेर तीन पटक सम्म फिल्टर गरेको पानी मात्र फनपार्कले प्रयोग गरेको दावी गर्छन् । शर्माले भने, “हाम्रोमा दैनिक एक हजार बढीले पौडी खेल्छन्, त्यसमध्ये एक–दुई जनालाई एर्लजी आउँनु ठुलो कुरा होईन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?