धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला

सारांश

  • शिखरन्युज ।
  • अब भदौ १ अर्थात शुक्रबारदेखि कार्यान्वयन हुने कानुनमा धर्म परिवर्तन गराउनमा लाग्ने विदेशी नागरिक ५ वर्ष जेल जानुपर्नेछ ।
  •   नेपालमा आएर नेपालीलाई नै प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने विदेशीलाई देश निकाला सहितको सजाय कानुनले तोकेको हो ।

शिखरन्युज । अब भदौ १ अर्थात शुक्रबारदेखि कार्यान्वयन हुने कानुनमा धर्म परिवर्तन गराउनमा लाग्ने विदेशी नागरिक ५ वर्ष जेल जानुपर्नेछ ।  नेपालमा आएर नेपालीलाई नै प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने विदेशीलाई देश निकाला सहितको सजाय कानुनले तोकेको हो ।

कानुन अनुसार कसैलाई पनि इच्छा विपरित धर्म परिवर्तन गराउन पाइनेछैन ।
यदि कुनै पनि व्यक्तिले धर्म परिवर्तन बनाउन संलग्न भएमा ५ वर्ष जेल सजायसहित ७ दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ । नेपालमा कुनै विदेशी नागरिक आएर जबर्जस्ती धर्म परिवर्तन गराउने काममा लाग्न पाउनेछैन ।

जुनसुकै धर्मावलम्बीलाई कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने खालका काम गर्न पाइने छैन ।

पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन् । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्दै ल्याइएको नयाँ अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ ।

अपराध संहिताको दफा १५८ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।’

धर्म परिवर्तन गराउने नेपालीको हकमा भने ५ वर्ष जेल र ५० हजार रूपैयाँ जरिवाना कानुनले तोकेको छ । कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदाय, वा वर्गको धार्मिक भावनामा आघात र्पुयाउन नहुने कानुनमा लेखिएको छ । त्यसरी आघात र्पुयाउने व्यक्तिलाई १ वर्षसम्म कैद र २० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो
भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो
Karan Johar KALANK is no more a secret story: Plot and character details leaked
Karan Johar KALANK is no more a secret story: Plot and character details leaked
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
वैदेशिक शक्तिको आडमा प्रचण्ड ओली विरुद्ध लागेको आरोप
वैदेशिक शक्तिको आडमा प्रचण्ड ओली विरुद्ध लागेको आरोप
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
बाँकेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
बाँकेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?