कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

सारांश

  • बर्लिन।
  •  जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन्।
  • प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो।

बर्लिन।  जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन्। प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो।

थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत थिए। कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताए।

प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन्।

बौफियरले राज्यमन्त्री थोमस साफरको मृत्युका बारेमा भने, “साफरले जहिल्यै आममानिसका ठूल्ठूला अपेक्षा पूरा गर्न सम्भव होला र भन्दै चिन्ता व्यक्त गर्नु हुन्थ्यो। मेरो अनुमानमा उहाँलाई तिनै चिन्ताले धेरै सतायो, र त्यसबाट मुक्त हुने कुनै उपाय देख्नु भएन। उहाँ निकै चिन्तित हुनुहुन्थ्यो र हामीलाई छाडेर जानुभयो।”

कोरोनाभाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।

साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थिए ।

जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान  यस्ताे हुनसक्छ !
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान यस्ताे हुनसक्छ !
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ
Aishwarya Rai Bachchan’s ‘Fanne Khan’ teaser to release along with Ranbir Kapoor’s ‘Sanju’
Aishwarya Rai Bachchan’s ‘Fanne Khan’ teaser to release along with Ranbir Kapoor’s ‘Sanju’
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
संसद विघटन अगाडि नै प्रम ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’