नक्कली नेपाली नागरिकता लिएकालाई एक घण्टामै उन्मुक्ति

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
नक्कली नेपाली नागरिकता लिएकालाई एक घण्टामै उन्मुक्ति

सारांश

  • मधेश आन्दोलनपछि तराईका जिल्लामा ब्यापक रुपमा भारतीयले नागरिकता लिएको सार्वजनिक भयो ।
  • ४० लाख नागरिकता चक्लेट बाँडेजसरी बाँडिएको बिषय अहिले पनि बेलाबेलामा उठ्ने गरेको छ ।
  • मधेशमा आदिबासी मधेशीभन्दा आयातित मधेशीको बाहुल्य भएका कारण जनकपुरमा पहाडे समुदायमाथि आक्रमण भयो ।

मधेश आन्दोलनपछि तराईका जिल्लामा ब्यापक रुपमा भारतीयले नागरिकता लिएको सार्वजनिक भयो । ४० लाख नागरिकता चक्लेट बाँडेजसरी बाँडिएको बिषय अहिले पनि बेलाबेलामा उठ्ने गरेको छ । मधेशमा आदिबासी मधेशीभन्दा आयातित मधेशीको बाहुल्य भएका कारण जनकपुरमा पहाडे समुदायमाथि आक्रमण भयो । ठूलो संख्यामा पहाडी समुदायलाई विस्थापित गराइयो । यसरी नक्कली नागरिकता बितरण गरिएका पोलहरू धमाधम खुलिरहेका छन् ।

पोल खुलेपछि पनि प्रमुख जिल्ला अधिकारीलाई मिलाएर नक्कली नागरिकताको छानबिन नै नगरी उन्मुक्ति दिएको घटना जनकपुरमा देखिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नक्कली नागरिकता लिएको प्रमाणसहित उजुरी परेका चन्द्रभूषण प्रसाद मुन्टु र उनका दिदी भिनाजुलाई उन्मुक्ति दिएका छन् । नक्कली नागरिकता लिएको प्रमाणसहित उजुरी परेका मुन्टुलाई प्रजिअ कँडेलले पक्राउ परेको १ घन्टामै उनीहरूलाई छाडेका थिए ।

कृष्ण हार्डवयर्सका संचालकसमेत रहेका प्रभुनारायण महतोले पैसाको प्रलोभनमा परी भारतको बिहार बासुपट्टिका चन्द्रभूषण प्रसाद मुन्टुलाई बंशजको आधारमा मोरङ मझारे ४ बाट नागरिकता दिलाएका थिए । उनको नागरिकता नम्बर ०५३०४२÷४६५ हो । जनकपुरमा बस्दैआएका महतोले त्यहीँ बस्ने र हार्डवयर्सकै ब्यवसाय गर्ने चन्द्रभूषण प्रसादलाई नागरिकता दिलाएका थिए । चन्द्रभूषण प्रसादले नक्कली बाबु बनाएर नागरिकता लिएको उजुरी १० दिनअघि बिजय महतोले जिल्ला प्रशासन कार्यालय धनुषामा दिए ।

चन्द्रभूषणप्रसाद बिहार बासुपट्टिका नागरिक भएको तर उनले झुक्याएर नेपाली नागरिकता लिएको प्रमाणसहित उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले उनलाई पक्राउ ग¥यो । तर एक घन्टामै उनी छुटे । यद्यपि छाड्ने क्रममा प्रजिअ कँडेलले ठूलै रकम घुस लिएको आरोप छ । चन्द्रभूषणले आफूले मात्र होइन दिदी माधुरी महतोलाई पनि अंगीकृत नागरिकता दिलाएका थिए । दिदीको रामशंकर महतोसँग विवाह भइसकेको छ । रामशंकर महतो बिहारको सीतामढीका हुन् ।

यसरी नक्कली बाबु बनाएर बंशज र अंगीकृत नागरिकता बनाउने चन्द्रभूषण र माधुरीका बिरुद्ध उजुरी पर्दा पनि आर्थिक चलखेलमा उनीहरूलाई उन्मुक्ति दिइएको छ । चन्द्रभूषणप्रसाले सामाजिक संजालमा पनि बिहार बासुपट्टि भनेर उल्लेख गरेका छन् । चन्द्रभूषण नक्कली बाबु बनाएर नागरिकता लिएपछि हाल धनुषा तरुण दलको जिल्ला कार्यसमितिमा पनि रहेका छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको नजिक भन्ने गर्दछन् ।

नक्कली नागरिकता लिने चन्द्रभूषण छुटेपछि प्रशासन कार्यालयमा उजुरी दिने बिजय महतो भने पलायन भएका छन् । चन्द्रभूषण प्रसादको धम्कीका कारण उनी जनकपुर नै छाडेर पलायन हुनुपरेको छ । बिजय महतोका बाबुलाई पनि चन्द्रभूषणहरूले यसअघि दुःख दिएका थिए । अहिले पुनः महतोलाई धम्की दिएपछि उनी धनुषा नै छाडेर भारतमा लुकेर बस्न बाध्य भएका छन् । चन्द्रभूषणप्रसाद एक उदाहरण हुन्, बिहार बासुपट्टिका एक घरका ९ जनासम्मले नेपाली नागरिकता लिएका छन् । ( साँघु साप्ताहिक, जेठ १३)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म
यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म
मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला
मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष

तपाईंले छुटाउनुभयो कि?