नक्कली बाबुआमा बनेर नागरिकता बनाउने पक्राउ परे
सारांश
- बर्दिया, ३० असार – नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिनेगरी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए ।
- तीनैजना अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ ।
बर्दिया, ३० असार – नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिनेगरी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनैजना अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ ।
बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए । गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन् । विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन् ।
नागरिकता छानवीनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नागरिकता ऐनअनुसार कारवाही हुनेछ ।
प्रतिक्रिया