नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
सारांश
- हिरा किन्ने बेलामा नक्कली हो या सक्कली भनेर चिन्न निकै समस्या पर्छ ।
- त्यसैले हिरा किन्नु अगाडि धेरै सोचविचार र जाँच गर्नपर्ने हुन्छ ।
- हिरा किन्दा सक्कली वा नक्कली छुट्याउन केही साधारण प्रक्रियाहरु अपनाउन सकिन्छ जसले हिरा कस्तो हो भनेर छ्ट्याउन मद्दत गर्छ र ग्राहकले ठगिनबाट बच्न सक्छन् ।
हिरा किन्ने बेलामा नक्कली हो या सक्कली भनेर चिन्न निकै समस्या पर्छ । त्यसैले हिरा किन्नु अगाडि धेरै सोचविचार र जाँच गर्नपर्ने हुन्छ ।
हिरा किन्दा सक्कली वा नक्कली छुट्याउन केही साधारण प्रक्रियाहरु अपनाउन सकिन्छ जसले हिरा कस्तो हो भनेर छ्ट्याउन मद्दत गर्छ र ग्राहकले ठगिनबाट बच्न सक्छन् ।
ब्रेथ टेस्टः
हिरालाई आफ्नो मुख नजिक राखेर सास छाड्ने (ऐनामा सास छाडे जस्तै) । ऐनामा बाफ देखिन्छ तर हिरामा सास छाड्दाले कुनै प्रकारको बाफ बस्दैन । वाफ बस्ने हिरा नक्कली हुन्छ ।
ग्लास टेस्टः
यो सबैभन्दा प्रभावशाली टेस्ट हो । लुज डाइमण्ड (हिरा) वा औँठी लिने र यसको सहायताले सिसा (ग्लास) को टुक्रालाई कोर्ने। यदि सिसामा कुनै पनि प्रकारको धर्सा आएन भने त्यो हिरा नक्कली हुन्छ । तर हिरा सिसामा कोर्दा भने सावधानी अपनाउने किनकी यसले हिरालाई नोक्सान हुनसक्छ ।
न्युजपेपर टेस्टः
यदि अलि ठुलो खालको हिरा छ भने यो टेस्ट एकदमै राम्रो विकल्प हो । हिरालाई कुनैपनि पत्रिकाको माथि रखेर हेर्यो भने तल पट्टिको प्रिन्ट हेर्न सकिदैँन । यदि यसो गर्दा पत्रिकामा लेखेको कुरा पढ्न मिल्यो भने त्यो हिरा की त कम गुणस्तरको वा नक्कली हुनसक्छ ।
वाटर टेस्टः
यदि लुज डाइमण्ड छ भने पानीले भरिएको ग्लासमा त्यसलाई राख्ने । हिरा डुब्यो भने त्यो हिरा नक्कली हुन्छ ।
प्रतिक्रिया