नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ११, २०७५
|
|
५० पटक हेरिएको
Shares
नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा

सारांश

  • यराभान, अर्मेनिया, १० वैशाख ।
  •   हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ ।
  • “वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो ।

यराभान, अर्मेनिया, १० वैशाख ।  हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ ।
“वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो । “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु ।”

प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजिनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताउनुभएको छ ।

अर्मेनियाको प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्राक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा पूर्व राष्ट्रपतिसमेत रहेका सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको वन्दी बनाएको भन्दै भएका प्रदर्शनपछि ६३ बर्षीय प्रधानमन्त्रीले राजिनामा दिनु भएको हो ।

उहाँले यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?