बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
सारांश
- जनकपुरधाम ।
- जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म बढाएका कर घटाउने सहमति गरेको छ ।
- नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट कर घटाउने सहमति गरिएको हो ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म बढाएका कर घटाउने सहमति गरेको छ ।
नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट कर घटाउने सहमति गरिएको हो ।
उपमहानगरपालिकाका नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको थियो । कर बढाएको भन्दै कांग्रेसले भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो । उपमहानगरपालिका र कांग्रेसस नगर समितिबीच भएको सहमतिमा बढाइएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्र कार्य प्रक्रिया अघि बढाई कार्यान्वयन गर्ने दुवै पक्षबीच सहमति भएको छ ।
प्रतिक्रिया