नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
उत्तरी अमेरिकाको इतिहासमा अहिले सम्मकै ठुलो मुल्यको चिठ्ठा जित्ने महिलाले करिब ७५ अर्ब ८७ करोडको पुरस्कार हात पारेपश्चात जागिर छोडेकी छिन ।
५३ बर्षिय माविस वाकजिक दुई सन्तानकी आमा हुन । उनले म्यानसेचुसेट्सको शिकोपीमा एक पेट्रोल स्टेशनबाट टिकट खरिद गरेकी थिइन। माविसले चिठ्ठा जिते पश्चात आफुले जागिर छोडेको प्रतिक्रिया दिएकी छिन । उनको भाग्यमानी नम्बर ६,७,१६,२३,२६ र ४ थियो ।
यस अघि गत जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १ खर्ब ७४ अर्ब को चिठ्ठा निकालिएको थियो। यो राशी तीन टिकट धारकबीच बाडिएको थियो ।
म्यानसेचुसेट्स स्टेट चिठ्ठाले बुधबार राती टिकटहरुको ड्रा निकालेको थियो । चिठ्ठा जितेकोमा माविसले भनेकी छिन,’पहिलो काम जुन म गर्न चाहन्छु त्यो हो घरमा बस्ने अनि आराम गर्ने । मेरो यो सपना थियो जुन पुरा भएको छ ।’
माविसले आफुले आफ्नो नातेदारको जन्मदिनको आधारमा चिठ्ठा नम्बर छनौट गरेको बताएकी छिन । उनले भनिन,’मैले ३२ बर्ष सम्म मेडिकल सेन्टरमा जागिर गरे। मैले उनीहरुलाई अबदेखि काममा नआउने जानकारी गराएको छु । अब म बिस्तारामा रहीरहनेछु ।’
प्रतिक्रिया