नामिबियालाई हरायो स्कटल्यान्डले

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
४० पटक हेरिएको
Shares
नामिबियालाई हरायो स्कटल्यान्डले

सारांश

  • काठमाडौँ ।
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो ।

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो ।

स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो ।

नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । त्यस्तै जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १०/१० रन जोडे ।

स्कटल्यान्डका लागि मार्क वाटले चार, माइकल लिस्कले तीन, ब्रेन्डन म्याकमुलनले दुई तथा क्रिस ग्रेभेसले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले पाँच विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले दुई विकेट लिए । तेस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक एक विकेट झारे ।

यस सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ । यसअघि नामिबिया नेपालसँग दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।

नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । लिग दुईको च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अङ्कका साथ शीर्ष स्थानमा छ । यस शृङ्खलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
औद्योगीक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव
औद्योगीक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
कोरोना अपडेटः काठमाडौँमा मंगलवार २३२ जना थपिए
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता