नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५० पटक हेरिएको
Shares
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,

सारांश

  • नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले आफ्नो चुनावी अभियान विपक्षीको जस्तो खाली संसद बन्नका लागि मात्रै नभएको भन्दै प्रतिस्पर्धी नरायणकाजी श्रेष्ठप्रति व्यंग्य गरेका छन् ।
  • मंगलबार  आफ्नो फेसबुस पेजमा पोस्ट गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो चुनावी अभियान विपक्षीको जस्तो खाली संसद बन्नका लागि मात्रै नभएको भन्दै प्रतिस्पर्धी नरायणकाजी श्रेष्ठप्रति व्यंग्य गरेका छन् । मंगलबार  आफ्नो फेसबुस पेजमा पोस्ट गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन।उनले लेखेका छन ‘मेरो गोरखाको चुनावी अभियान मेरो विपक्षी जस्तै फगत् एउटा सांसद बन्ने अभियान होइन, देश विकास र समृद्धिको आम नेपालीहरुको चाहनासंग जोडिएको एउटा महत्वपुर्ण पाटो हो।

गोर्खालीहरुले यो राम्ररी नै बुझेका छन्।’उनका समर्थकले बाबुराम भट्टराई समर्थनमा युवा नामबाट सामाजिक सञ्जाल फेसबुकमा उनको पक्षमा सञ्चालन गरेको अभियानप्रति खुसी व्यक्त गरेका छन् । उक्त अभियान सञ्चालन गर्ने युवाहरुसँग टेलिफोनमा कुराकानी गरेको र खुसी लागेको उनले बताएका छन् ।

पहिले एउटै पार्टीमा रहेका दुई हस्ती बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धाका कारण अहिले गोरखा क्षेत्र नं २ निकै चर्चामा छ । बाबुरामले घुमाउरो पारामा श्रेष्ठले जितेमा सांसद मात्रै बन्ने र आफूले जितेमा देशकै विकासको नेतृत्व गर्ने बताएका छन् ।

(fiberclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?