नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

सारांश

  • चितवन, १० कात्तिक  नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो ।
  • नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो ।
  • जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ ।

चितवन, १० कात्तिक  नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ

सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो ।

जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । ती पुलको चौडाइ भने ११ मिटर हुने इन्जिनियर खनालले बताउनुभयो । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिने भएकाले सवारी आवागमनमा पुलले कुनै बाधा नपु¥याउने बताइएको छ ।

जलवीरे पुल रू १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट पुल निर्माणको काम शुरु हुने इन्जिनियर खनालले जानकारी दिनुभयो ।

सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । सो सडकमा १८ वटा पुल रहेका छन् ।

अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकको स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगिरहेका बेला पुल पनि फराकिला बनाइने भएको हो । हाल सो सडकमा रहेका पुल पाँच मिटर हाराहारी मात्र चौडा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यार्तुङमा युवा सहभागिता घट्दै
यार्तुङमा युवा सहभागिता घट्दै
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा मुद्दा दायर
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
Pin up Az Bahis Şirkəti haqqınd
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह

तपाईंले छुटाउनुभयो कि?