नारायणगढ मुग्लिन सडक सहज

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
नारायणगढ मुग्लिन सडक सहज

सारांश

  • चितवन, ४ असोज  नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।
  • विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो ।
  • सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् ।

चितवन, ४ असोज  नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।

विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् ।

यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्ममा सडक पार गर्न सकेपछि खुशी पनि भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गर्नुभएका ना१७च ५२३५ नंको कारका चालक सुवास गहतराजले एक घण्टा ३० मिनेटमा मुग्लिनबाट आँपटारी आइपुगेको बताउनुभयो ।

भरतपुरको आँपटारीमा गहतराजको पछिपछि आएको बा२ख ५१७ नंको माइक्रोका चालक माइला महर्जनलाई यो सडक पार गर्न दुई घण्टा लाग्यो । त्यसको पछि पछि आइरहेको ना६ख २४१० नंको ट्रकका चालक पुनराम विकलाई मुग्लिनबाट नारायणगढसम्म आइपुग्न २ घण्टा ३० मिनेट लागेको बताउनुभयो । उहाँहरु सबै काठमाडौँबाट आउनुभएको हो । सबैको एउटै भनाइ थियो, ‘सडकको जाम त हट्यो खाल्डाखुल्डी पुर्नुपर्यो ।”

गत भदौ २७ गते भौतिक पूर्बाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङले सो सडकको निरीक्षण गरी चाडपर्वलाई लक्षित गरेर सडक सहज बनाउन निर्देशन दिनुभएको थियो । साउन महिनाभित्र खाल्डा पुर्ने, सडक छेउमा खसेका पहिरो सफा गरी सडकमा सवारी आवागमन सहज बनाउन उहाँले निर्देशन पनि दिनुभएको थियो ।

सोहि दिन राति सडकमा पहिरो खसेपछि मध्यरातसम्म सडक अवरुद्ध बनेको थियो । त्यस यता सडकमा पहिरो पनि खसेको छैन ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भदौ २७ गते यता सडकमा पहिरो खसेको छैन । त्यसको भोलिपल्टबाट रातमा समेत सडक सञ्चालनमा ल्याइएको छ । त्यसयता सडकका कारण यात्रुले कठिनाइ भोग्नु नपरेको खनालले बताउनुभयो । दाशढुङ्गामा कालोपत्र गर्ने काम भइरहेको भए पनि सवारी आवागमनमा कुनै कठिनाइ नपरेको उहाँले बताउनुभयो ।

खाल्डाखुल्डी पुर्ने काम भइरहेको भन्दै उहाँले धुलो उडेका ठाउँमा आठवटा ट्याङ्कर प्रयोग गरी पानी छर्कने काम पनि भइरहेको बताउनुभयो । सो सडकको ३६ किमी क्षेत्र मध्ये हाल विस्तारमा रहेको ६ किलो ५०० मिटर सडकको पहिलो तह कालोपत्र भइसकेको छ । सडकको सबै स्थानमा दुईतर्फी आवागमन गर्न मिल्ने भएकाले यात्रुलाई दुःख कम भएको खनालले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक पार गर्नुपर्ने यात्रुले डराउनुपर्ने अवस्था अहिले रहेको छैन । पहिरो खस्न सक्ने सम्भावना सडकमा रहे पनि तत्काल हटाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । सडकमा गाडी बिग्रिएमा किनारा लगाउन, जाम भएमा सहज बनाउन, रात र दिनमा सुरक्षा दिन प्रहरी परिचालन गरिएको छ भने केहि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा पनि राखिएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

चाडपर्वका समयमा सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु
मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु
प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली
आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी
आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी
अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी

तपाईंले छुटाउनुभयो कि?