न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?

सारांश

  • काठमाण्डौ, २८ असार ।
  • नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।
  • बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे ।

काठमाण्डौ, २८ असार । नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

उनका अनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्धारा आयोजित हालै सम्पन्न भएको एगचभ बलम ब्उउष्भिम एजथकष्अक द्दण्ज्ञड नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफल भएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने,‘मेरो यो अभियानलाई अन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षा मन्त्रीसमक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’
नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राज कुमार थापाका सहयोगि मोहन विकले देशको विकासका लागिपरेका यस्ता व्यतिmलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँ मोड र सिद्धान्त दिने यस्तो सिर्जनशिल युवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनिमात्र विश्वमा चिनाउन सक्छ ।

त्यसैगरी राष्ट्रवादी विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्त सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेशिनुपर्ने वातावरण भएको बताए । यसको लागि उनले सरकारलाई दबाब दिन आग्रह गरे ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    वृजमान बस्नेत

    हैन यी वैज्ञनिक पनि बौलाएकि कसो ? नेपल सरकारले त किलोका किलो सुन ल्यार आएको छु भनेपछि मात्र हेर्छ क्या !

    Comment Author

    Arun Bj Bikram

    चोर नै चोर हरुको जमात त कुर्सी मा छन।।अनि कस्ले सुन्छ राम्रो कुरा राम्रो मान्छे यहाँ टिक्न सक्दैन।।

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    kp woli ra prachanda saresh ko thal ma kalo marsi dhan ko bhat khane ko matrai sunchha. yesta bidesh neta jati mafiya sanga milnu nai desh nabannu ho.

    Comment Author

    Damodar Dahal

    यो कहिले fail हुँदैन practically prooved भैसकेको विज्ञान का तथ्य हरुमाथी साहित्यिक विडम्बना सुन्दा अचम्म लाग्यो , उप्रान्त स्वास्थ्य र विज्ञान को क्षेत्रलाई कविता र निबन्ध न बनाइयोष किनकि यो लेखकको मनगढन्त हुनसक्दैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?