चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय

सारांश

  • काठमाडाै, ११ साउन ।
  • नेपाली चलचित्र ‘मेरी मामु’को शीर्ष गीत ‘आमा’ सार्वजनिक  भएको छ ।
  • अाशुसेन फिल्मसकाे ब्यानर, भेट्रान निर्माता सनताेष सेनकाे निर्माण रहेकाे चलचित्रकाे शीर्ष गित शुक्रबार सार्वजनिक गरीएकाे हाे ।

काठमाडाै, ११ साउन । नेपाली चलचित्र ‘मेरी मामु’को शीर्ष गीत ‘आमा’ सार्वजनिक  भएको छ । अाशुसेन फिल्मसकाे ब्यानर, भेट्रान निर्माता सनताेष सेनकाे निर्माण रहेकाे चलचित्रकाे शीर्ष गित शुक्रबार सार्वजनिक गरीएकाे हाे ।नेपाली चलचित्र क्षेत्रमा अब्बल निर्माता हरू मध्य एकमा पर्ने सेनकाे याे चाैथाे चलचित्र हाे ।आमा’ गीतमा चलचित्रका मुख्य कलाकारद्धय आयुव सेन र शारुक ताम्राकार फिचर छन् ।

सार्वजनिक गितमा  रबी मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर रहेको छ । निकै मार्मिक शब्द मिलेर बनेको गीतले सबैको मन जित्ने विश्वास लिइएको छ । यम थापाले लेखन,निर्देशन गरेको चलचित्रको ‘अामा’ गीतमा कल्याण सिंहको सङ्गीत छ ।

मेरी मामुमा आयुवसँगै ‘प्रेमगीत २’ गर्ल अश्लेषा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि प्रमुख भूमिका छ । चलचित्र निर्माण युनिटका अनुसार नेपालकी पहिली नायिका भुवन चन्द विशेष भूमिकामा रहने छ । चलचित्र मेरी मामुमा  हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ६ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएका छन् ।

चलचित्रमा सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र दुई बाल कलाकार कृजन गौतम र शुभम बिष्ट लगायतका कलाकार को अभिनय रहेको छ । प्रतिक्षित चलचित्र भाद्र १५मा प्रदर्शन हुने छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?