बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
सारांश
- काठमाडौं– आर्थिक तथा प्राविधिक सहायताका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिड कनेक्टिभिटीमा हस्ताक्षर हुने भएको छ ।
- सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
- मंगलबार बसेको सचिव स्तरिय बैठकले १६ वटा एजेण्डापनि तयार गरेको छ ।
काठमाडौं– आर्थिक तथा प्राविधिक सहायताका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बिमस्टेक ग्रिड कनेक्टिभिटीमा हस्ताक्षर हुने भएको छ । सचिव स्तरीय बैठकले विमस्टेक ग्रिडबारे सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको सचिव स्तरिय बैठकले १६ वटा एजेण्डापनि तयार गरेको छ । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषयलाई शिखर सम्मेलनमा छलफल गर्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले सम्मेलनपछि घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।
भदौ १४ र १५ मा काठमाडौंमा विमस्टेकको शिखर सम्मेलन आयोजना हुँदैछ । नेपाल चौथो बिमस्टेक सम्मेलनको आयोजक हो । सम्मेलनमा सहभागी हुन मंगलबारनै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम सुरु भएको छ ।
प्रतिक्रिया