नारीलाई पूजा गर्दा ईश्वर खुसी हुने समाजमा कुरीति चुनौति : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नारीलाई पूजा गर्दा ईश्वर खुसी हुने समाजमा कुरीति चुनौति : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिलादिवस (८ मार्च) को अवसरमा शुभकामना दिँदै शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।
  • महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिलादिवस (८ मार्च) को अवसरमा शुभकामना दिँदै शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।

महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चितगर्न आफ्नो जीवनअर्पण गर्ने श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् ।

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलेपौराणिक कालदेखि प्रचलित “यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता” भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको शुभकामनामा उल्लेख छ ।

“तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुसी हुने विश्वासमा रहेको नेपाली समाजमा कतिपय कुरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाबीच विद्यमान खाडल पुर्न सक्नैपर्छ,” प्रधानमन्त्रीले भनेका छन्, “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्व नगरी विभेदर कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नुपर्छ ।”

“मातृमृत्युदरमा सुधार, महिलाको कूल साक्षरतादरमा बृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्यांले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका छन् । राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।”

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहँदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतिहरु रहेको प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ ।

“आज पनि लैंगिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नुपरेको छ,” प्रधानमन्त्रीको भनाइ छ, “आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म “समृद्ध नेपाल र सुखी नेपाली”को राष्ट्रिय संकल्प साकार हुन सक्दैन । त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथनीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।”

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?