बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ५, २०७४
|
|
५० पटक हेरिएको
Shares
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

सारांश

  • काठमाडौं ।
  •  नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ ।
  • चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार गृह मन्त्रालयमा मन्त्री शर्मालाई भेट गरी संकलित राहत सामग्री हस्तारण गरेको हो ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार गृह मन्त्रालयमा मन्त्री शर्मालाई भेट गरी संकलित राहत सामग्री हस्तारण गरेको हो ।

उक्त टोलीले चामल दुई ट्रक, औषधि दुई सय बक्स, त्रिपाल, टेन्ट एक ट्रक र म्याट्रेस तथा लत्ताकपडा एक ट्रक हस्तारण गरेको हो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले अहिलेसम्म चेम्बरले उठाएको राहत सामग्री हस्तान्तरण गरिएको र अझै राहत संकलन गर्दै जाने बताए ।

गृहमन्त्री शर्माले बाढी पहिरोले क्षति पुगेको बेलामा चेम्बरले सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग गर्न चेम्बरको टोलीलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?