निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १७, २०८१
|
|
५३ पटक हेरिएको
Shares
निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा

सारांश

  • काठमाडौं।
  • नेपाल वायुसेवा निगमले आफ्ना दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा रहेको जनाएको छ।
  • निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए ३३०-२४३ सेरिजका दुई वाइडबडीका विमान रहेका छन्।

काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्ना दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा रहेको जनाएको छ।

निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए ३३०-२४३ सेरिजका दुई वाइडबडीका विमान रहेका छन्।

निगमले न्यारो बडी नाइन एन एकेएक्स संकेत चिन्हको लुम्बिनी र नाइन एन एकेडब्ल्यु संकेत चिन्हको सगरमाथा जहाज दुवै उडानमा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

नाइन एन एएलवाई संकेत चिन्हको अन्नपूर्ण नामक वाइड बडी र नाइन एन एएलजेड संकेत चित्हको मकालु विमानहरु भने नियमित सी चेकको लागि इटालीमा रहेका छन्। निगमले वाइड बडीको नियमित मर्मत संभारको लागि इटालीको एमआरओलाई चयन गरेको छ। त्यस मध्ये अन्नपूर्ण (नाइनएन एएलवाई) विमान आगामी सेप्टेम्बर ७ मा मर्मतसंभार सकेर नियमित उडानका लागि नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ।

निगमको अर्को वाइड बडी जहाज नाइन एन एएलजेड (मकालु) भने २८ अगष्टमा मात्र सी चेकको लागि इटाली गएकोले सो जहाज आउन भने करिब एक महिना लाग्ने छ । निगमले दशैं अगावै अन्तर्राष्ट्रिय उडान गर्ने चारै वटा विमानहरु पूर्ण क्षमतामा चल्ने अवस्था आउने पनि जनाएको छ।

निगमले आन्तरिक उडानमा रहेका दुई ट्वीनओटर मध्ये एक जहाज नियमित उडानमा रहेको र अर्को एकको इञ्जिन फेर्ने कार्य भैरहेकोले सो जहाज दशैमा उडानमा आउने जानकारी दिएको छ।

निगमले आफ्ना जहाजहरुको सामान्य मर्मत संभार नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा हुँदै आएको र त्यहाँ अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षण संस्थाबाट एरोनौटिकल इञ्जिनियरिड. पास गरेका र अन्तर्राष्ट्रिय तालिम दिने संस्थाका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत मान्यता दिएका इञ्जिनियरहरुले मर्मतसंभारको काम गर्ने पनि जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
कानुनी प्रक्रिया अनुरूप जसपा विवाद टुङ्ग्याउँदै आयोग
कानुनी प्रक्रिया अनुरूप जसपा विवाद टुङ्ग्याउँदै आयोग
सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट
सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट
बाँदर खानेकुरा खोज्न राजमार्गमा
बाँदर खानेकुरा खोज्न राजमार्गमा
इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी
फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी

तपाईंले छुटाउनुभयो कि?