नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०८०
|
|
४९ पटक हेरिएको
Shares
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ ।
  • सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ ।

सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो । सो समिति १६ सदस्यीय छ ।

समितिले सात दिनभित्र नियमावलीको मस्यौदा गर्नुपर्नेछ । सांसद पौडेलले गरेको सो प्रस्तावलाई सांसदद्वय ईश्वरी न्यौपाने र योगेश भट्टराईले समर्थन गरेका थिए ।

त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सदनको सर्वसहमतिले सम्बन्धित समितिलाई पठाइएको छ ।

यस्तै, बैठकले २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बस्नेतको ७८ वर्षको उमेरमा गत वैशाख २९ गते शुक्रबार निधन भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
लिलीबिली’ लफडा: गोेविन्द शाहीको नाममा चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी !
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज
कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु
सरकारले रेल किन्न मन्त्रालयलाई स्वीकृति दियो, यी हुन क्याबिनेटका निर्णयहरु

तपाईंले छुटाउनुभयो कि?