निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३१, २०७५
|
|
५० पटक हेरिएको
Shares
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता

सारांश

  • काठमाडौँ ।
  • कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कार्वाही गर्न देशभर प्रदर्शन भइरहेको बेला हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।
  • पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न तयार रहेको गृहमन्त्री थापाले बताएका छन् ।

काठमाडौँ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कार्वाही गर्न देशभर प्रदर्शन भइरहेको बेला हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।

पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न तयार रहेको गृहमन्त्री थापाले बताएका छन् ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धानको काम अघि बढाउन निर्देशन भएको बताए ।

मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ । प्रतिवेदन बुझेपछि गृहमन्त्रालयले निर्मला हत्याको समयमा रहेका प्रहरीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त त्यस काममा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै परिवारका तीन जनाले गरे आत्महत्या
एकै परिवारका तीन जनाले गरे आत्महत्या
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !
औषधि उपचार र आर्थिक सहायताका नाममा सरकारले बाँड्यो ७ करोड !
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई  कुनै कुराको कमी हुन नदिने
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई कुनै कुराको कमी हुन नदिने
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?