जिप दुर्घटनामा ४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
जिप दुर्घटनामा ४ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
  • ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो ।

काठमाडौं । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको थियो ।

पिक अप जीपमा २५ देखि ३० जनाको संख्यामा यात्रु भएकाले ओभर लोडका कारण भीरमा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

जिप सडकदेखि तल खसेको थियो । रातमा भएका कारण घटनाको विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?