निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ ।
  • समितिको आजको बैठकमा बोल्ने अधिकांश सदस्यले विद्यमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी कम खर्चिलो र छरितो बनाइनुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँ, २२ साउन । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ ।

समितिको आजको बैठकमा बोल्ने अधिकांश सदस्यले विद्यमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी कम खर्चिलो र छरितो बनाइनुपर्ने सुझाव दिनुभयो ।

मतपेटिका ठूलो र झन्झटिलो भएको भन्दै सांसदले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउन विद्युतीय मतदानको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकमा परेका संशोधनलाई समावेश गरी विधेयक संशोधन गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार कि आयोगलाई दिनुपर्ने या त कानूनमै स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

सांसद आनन्दप्रसाद ढुंगाना, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, रामहरि खतिवडा, धनीराम पौडेललगायतले निर्वाचन प्रणालीलाई सरल र व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा २० सांसदले अवधारणा राख्नुभएको थियो । प्रस्तुत विधेयकका ३५ विषयमा २५९ संशोधन परेको छ । संविधानको धारा ५६ (१) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना, संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था उल्लेख छ । धारा १७६ मा प्रदेशसभाको गठनसम्बन्धी व्यवस्था छ ।

धारा २४६ मा निर्वाचन आयोगले संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने व्यवस्था रहेबमोजिम प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्न उक्त निर्वाचन सम्बन्धमा बनेको विधेयक गृहमन्त्री शर्माले संसद्मा पेश गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यको निर्वाचन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले संविधानको धारा २९६ को उपधारा (१) बमोजिम संसद्ले सो ऐन(विधेयक) बनाएको हो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
‘प्रत्यक्षतर्फको नतिजा साताभित्रै’
काठमाडौं उपत्यकाका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागु
काठमाडौं उपत्यकाका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागु
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

तपाईंले छुटाउनुभयो कि?