नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढ्यो

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र १२, २०७३
|
|
४२१३ पटक हेरिएको
Shares
नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढ्यो

सारांश

  • पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ ।
  • संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।
  • ‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ महानिर्देशक दाहालले भने, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।

पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।

‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ महानिर्देशक दाहालले भने, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ । टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारले सुरु नै गरेन, निजी क्षेत्रले बनाइसक्यो

पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ ।

पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन । निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन् । तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ ।

विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन् । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छानाजस्ता संरचना निर्माण भइसकेको भए पनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक छ : मन्त्री मोदी
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी
रास्वपाको चियापानमा प्रधानमन्त्रीले बजाए घण्टी
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’

तपाईंले छुटाउनुभयो कि?