नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
सारांश
- बाँके।
- बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ।
- दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो।
बाँके। बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो। बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्।
धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो। जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गररेको हो।
प्रतिक्रिया