नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

सारांश

  • नेपालगञ्ज।
  • नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ।
  • विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो।

नेपालगञ्ज। नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ। विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो। अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन।

पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्छ।” उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ।

पर्यटन व्यवसायी डा ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए। उनले भने, “यहाँको पर्यटनमा कायापलट भएको छ र यो सहर पर्यटकीय सहरका रूपमा परिणत भएको छ।”

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको बताए। उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगञ्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे।

अर्का पर्यटन व्यवसायी विकास मिश्रले कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएका बताए।

उनले भने, “कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो ।” होटल व्यवसायी पुनम भुसालले भन्नुभयो “यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ। ” पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल
एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ
लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?