नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित

सारांश

  • काठमाडाै, ९ असाेज ।
  • राजधानीलाई मधेशसँग जोड्ने काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माण गर्न खोज्ने भारतीय कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि भारतीय शेयर बजार समेत प्रभावित बनेको छ।
  •  ७६ किमीको फास्ट ट्रयाक पब्लिक प्राइभेट पाटर्नरशीप (पिपिपी) मोडलमा निर्माण गर्न खोजेको ‘इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सिङ सर्भिसेज’ (आईएल एन्ड एफएस) ले गर्न खोजेको थियो।

काठमाडाै, ९ असाेज । राजधानीलाई मधेशसँग जोड्ने काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माण गर्न खोज्ने भारतीय कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि भारतीय शेयर बजार समेत प्रभावित बनेको छ। ७६ किमीको फास्ट ट्रयाक पब्लिक प्राइभेट पाटर्नरशीप (पिपिपी) मोडलमा निर्माण गर्न खोजेको ‘इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सिङ सर्भिसेज’ (आईएल एन्ड एफएस) ले गर्न खोजेको थियो।

तर, सो कम्पनीमा यति धेरै आर्थिक समस्या देखिएका छन्, जसका कारण भारतमा वित्तीय संकट ल्याउने अनुमान गरिएको छ।सो कम्पनीमा देखिएको संकटपछि भारतीय शेयर सूचक ‘सेनसेक्स’ ५ सय ३६ अंकले तल झरेको छ भने अर्काे सूचक ‘निफ्टी’ पनि ११ हजार अंकभन्दा तल आएको छ।भारतीय सञ्चार माध्यमहरुले शेयर बजारमा एकै दिनमा यति धेरै अंकले खस्केको फेब्रुअरी यताकै पहिलो पटक भएको जनाएका छन्।

केहीले अहिलेको आइएल एन्ड एफएस समूहमा देखिएको संकटलाई एक दशकअघि अमेरिकी अन्तर्राष्ट्रिय वित्तीय कम्पनी ‘लेहम्यान ब्रदर्स’ टाट पल्टिएको घटनासँग तुलना गर्न शुरु गरेका छन्।सो कम्पनी टाट पल्टिएपछि विश्व अर्थतन्त्र निकै नराम्रोसँग प्रभावित हुन पुगेको थियो।

‘आईएलएफएस’ मुख्यालय

‘आईएलएफएस’ मुख्यालय

विश्लेषकहरुले ‘आइएल एन्ड एफएस’ मा देखिएको संकटलाई भारतको ‘लेहम्यान मुमेन्ट’ भन्न थालेका छन्।तर सरकारी अधिकारीहरुले अहिले वित्तीय बजारमा देखिएको संकट अल्पकालीन भएको दावी गर्दै चाँडै समाधान हुने दावी गरेका छन्। भारतीय अर्थमन्त्री अरुण जेट्लीले सोमबार द्वीट गर्दै अहिले देखिएको तरलताको अभाव समाधानका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन्। संकटको समाधान गर्ने अर्थमन्त्रीको आश्वासनले पनि शेयर बजारलाई विश्वस्त बनाउन सकेको छैन।

भारतको केन्द्रीय बैंकले पनि सो बैंक र धितोपत्र बोर्डले पनि परिस्थितिलाई नजिकबाट नियाली रहेको बताउँदै आवश्यक पर्दा कदम चाल्ने बताएको छ। सो कम्पनीको १२ अर्ब अमेरिकी डलरको ऋण रहेको छ। विभिन्न वित्तीय कम्पनीबाट लिएको अल्पकालीन ऋण र ब्याज भाकाअनुसार सो कम्पनीले बुझाउन सकेको छैन। सो कम्पनी टाट पल्टियो भने धेरै भारतीय वित्तीय कम्पनीहरु संकटमा पर्ने बताइएको छ। त्यसो हुँदा त्यसको सबैभन्दा ठूलो असर सरकारी बैंक, बीमा कम्पनी र पेन्सन फन्डमा पर्नेछ।

आर्थिक विशेषज्ञ तथा प्रभावशाली व्यक्तिहरुले सो कम्पनीका प्रमुख शेयरधनीहरु लाइफ इन्सुरेन्स कर्पोरेसन, जापानी वित्तीय कम्पनी ओरिक्स कर्पोरेसनसहित भारतको केन्द्रीय बैंक र स्टेट बैंक अफ इन्डियाले तरलताको संकट समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

गत महिना मात्रै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानको विषयमा नेपाललाई भारतले नाकाबन्दी लगाउनुको दुईमध्ये एक कारण भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माण गर्न दिने विषय रहेको खुलाशा गरेका थिए। फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आइएल एन्ड एफएसले तयार पारेको थियो। भट्टराईले सोही कम्पनीलाई नै फाष्टट्रयाक निर्माणको ठेक्का दिन भारतले दबाब दिएको संकेत गरेका थिए । सुशील कोइराला प्रधानमन्त्री छँदा फाष्ट ट्रयक निर्माणको जिम्मा ‘आइएल एन्ड एफएस’ लाई दिइएपनि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले त्यो सम्झौता रद्द गरेर नेपाली सेनालाई दिएको थियो।

भारतय सञ्चार माध्यमहरुले धेरै नाफाका परियोजना परियोजना प्राप्त गरेपनि सो कम्पनी किन अहिले टाटपल्टिने अवस्थामा पुग्यो भन्ने विषयमा छानविन हुनुपर्ने बताएका छन्। उनीहरुले विभिन्न सरकारी ठेक्का पाउने कम्पनीमा सेवा निवृत्त उच्च कर्मचारीहरुलाई किन जागिर दिइन्छ भन्ने कुराको पनि छानविन गनुपर्ने विषयलाई जोडतोडका साथ उठाएका छन्। संस्थामा संकट बढ्दै गएपछि सन् स्थापना (१९८७) देखि नै यसको नेतृत्व गर्दै आएका रवी पार्थसारथीले अध्यक्षबाट गत महिना राजिनामा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Parliamentary hearing of CJ to conclude on Monday
Parliamentary hearing of CJ to conclude on Monday
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
प्रियंकालाई प्रश्न बच्चा कति छन्?
प्रियंकालाई प्रश्न बच्चा कति छन्?
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै
‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै

तपाईंले छुटाउनुभयो कि?