लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । उक्त वडाको विकास निर्माणका लागि गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएकामा चालु आर्थिक वर्षमा रु तीन करोड बजेट लागि छुट्याइएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार लिच्छविकालका नक्साल, गैरीधारा, तीनधारा र हिटिपोखरी मर्मत नभए अबको केही समयमा सबै ढुङ्गेधाराको अस्तित्व गुम्ने भएकाले मर्मत गर्न लागिएको हो ।

ढुङ्गेधारसँगै यस वडामा रहेको साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न पनि आवश्यक रहेकामा जोड दिँदै उनले नन्दिकेशर महादेव मन्दिर पनि मर्मत गर्नुपर्ने बताए । यसवर्ष वडा नं १ मा साँंस्कृतिक सम्पदा र ढुङ्गेधारा मर्मतमा धेरै खर्च गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले भने । केही समयअघि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडाको सार्वजनिक तथा खाली जग्गा पहिचान गरी संरक्षणका लागि दिनुभएको निर्देशनअनुरूप अन्य वडाले खाली जग्गा पहिचानको काम भइरहेको तर भने उक्त वडामा त्यस्ता सार्वजनिक जग्गा नभएको नभएको उनले स्पष्ट पारे।

अहिलेसम्म वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले राससलाई जानकारी दिए। उनका अनुसार ती तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माण गरिने भएको छ । कामपाले चालु आवका लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेकामा भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । यसैगरी भूकम्पले क्षति पु¥याएको रानीपोखरी, काष्ठमाण्डप जस्ता ऐतिहासिक सम्पदाको पुनःनिर्माण अघि गरिने भएको छ ।

भूकम्पपछि रानीपोखरी पहिलोपटक पुनःनिर्माण गर्दा आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै चौतर्फी विरोध भएपछि दोस्रो पटक उक्त पोखरी पुनःनिर्माणका लागि अशयपत्र आह्वान गरी निर्माण कम्पनी छान्ने भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?