अंग्रेजी नयाँ वर्षको दिन ‘राष्ट्रिय पोसाक दिवस’ मनाइँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
अंग्रेजी नयाँ वर्षको दिन ‘राष्ट्रिय पोसाक दिवस’ मनाइँदै

सारांश

  • काठमाडौं ।
  • अंग्रेजी नयाँ वर्षको दिन अर्थात् विक्रम सम्बत् अनुसार पुस १७ गते प्रस्तावित छैठौं ‘राष्ट्रिय पोसाक दिवस’ मनाइने भएको छ ।
  • राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले देशभर विभिन्न कार्यक्रम गरी पोसाक दिवस मनाउन लागेको हो ।

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिन अर्थात् विक्रम सम्बत् अनुसार पुस १७ गते प्रस्तावित छैठौं ‘राष्ट्रिय पोसाक दिवस’ मनाइने भएको छ । राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले देशभर विभिन्न कार्यक्रम गरी पोसाक दिवस मनाउन लागेको हो ।

पोसाक संरक्षण महाअभियानअन्तर्गत पुस १७ गते बिहान ८ बजे काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म ¥याली र ¥यालीपछि कोणसभाको कार्यक्रम तय भएको छ । यससँगै सातै प्रदेशका राजधानी, मुख्य सहर र विदेशमा समेत प्रस्तावित राष्ट्रिय पोसाक दिवस मनाउने तयारी भइरहेको छ ।

‘विश्वभर अंग्रेजी नयाँ वर्ष मनाइरहँदा नेपाली मौलिक पहिचान झल्कने पोसाक दिवस मनाउने तयारी भएको छ ।’ महाभियानका अध्यक्ष राजानन्द माण्डब्यले भने, ‘नेपालीत्व विर्सिएर विदेशी नयाँ वर्ष नेपाली मन रमाउन सक्दैन ।’

तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा नेपालको राष्ट्रिय पोसाक दौरा, सुरुवाल, ढाका टोपी र गुन्यू, चोलीलाई राष्ट्रिय पोसाकबाट खारेज गरेपछि अहिले मुलुक राष्ट्रिय पोसाकबिहीन भएको छ । परिवर्तनका नाममा नेपाली पोसाक दौरासुरुवाल, ढाकाटोपी र गुन्यूचोलीलाई उपेक्षा गरिएको थियो । र, त्यसपछि नेपाली युवाहरुले सरकारलाई प्रस्तावस्वरुप नेपाली पोसाक दिवस मनाउन थालेका हुन् ।

आधुनिकताका नाममा पाश्चात्य पहिरन र सँस्कृतिले बर्चश्व जमाउँदै गरेको अवस्थामा नेपाली पोसाक र पहिचानका लागि नेपाली युवाहरुले यो दिवस मनाउन थालेका हुन् । नेपाली पोशाक संरक्षण अभियानका अभियन्ताहरु सरकारले नयाँ संविधान संशोधन गरेरै भए पनि दौरासुरुवाल, ढाकाटोपी र गुन्यूचोलीलाई राष्ट्रिय पोशाकको मान्यता दिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
किन गएनन् भारतिय रास्त्रपति मुखर्जी शहीद स्मारक पार्क ???
किन गएनन् भारतिय रास्त्रपति मुखर्जी शहीद स्मारक पार्क ???
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित