नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन

सारांश

  • काठमाडौं– सुरुमा दवावमा रहेको युएईलाई सम्हालिरहेका चुन्दंगापोइल रिवाजलाई बिनोद भण्डारीले आउट गरेसँगै नेपाललाई पाँचौं सफलता हात लागेको छ ।
  • ४५ रन बनाएका रिवाजलाई आउट गराउन नेपालले संघर्ष गर्नु पर्यो ।
  • उनले साइमान अनवारसँग राम्रो पार्टनरसिप जमाए ।

काठमाडौं– सुरुमा दवावमा रहेको युएईलाई सम्हालिरहेका चुन्दंगापोइल रिवाजलाई बिनोद भण्डारीले आउट गरेसँगै नेपाललाई पाँचौं सफलता हात लागेको छ ।

४५ रन बनाएका रिवाजलाई आउट गराउन नेपालले संघर्ष गर्नु पर्यो । उनले साइमान अनवारसँग राम्रो पार्टनरसिप जमाए । साइमानले भने अर्धसतक पूरा गरिसकेका छन् ।

यसअघि नेपालका लागि सोमपाल कामी, करण केसी, पारस खड्का र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए ।

४३ ओभरको खेल सकिँदा युएईले ५ विकेटको क्षतिमा एक सय ६३ रन बनाएको छ । पहिलो खेलमा नपालले एक सय १३ र दोश्रो खेलमा दुई सय ४२ रन बनाएको थियो ।

पहिलो खेल हारेको नेपाल दोश्रो खेलमा एक सय ४५ रनले विजयी भयो । तीन एकदिवशीय सिरिज आफ्नो बनाउन नेपाल आजको खेल जित्नै पर्ने दवावमा छ ।

सुरुका दुई खेलमा पहिले ब्याटिङ गरेको नेपालले आज टस जितेर फिल्डिङ रोजेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?