नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
४० पटक हेरिएको
Shares
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !

सारांश

  • दोलखा, ११ भदौ ।
  • दोलखाको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ ।
  • काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए ।

दोलखा, ११ भदौ । दोलखाको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए । दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँगे्रस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने ।

“वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा काँगे्रस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने । काँगे्रस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल टे«ड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?