नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो

सारांश

  • काठमाडौं, १ जेठ- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने क्रममा नेपालको झण्डाको आकार नै बिगारेर कार्यक्रमस्थलमा राखिएको थियो ।
  • झण्डाको आकृति नै किन बिगारेको भन्ने बारे सरकारले कर्मचारीलाई ३ दिनभित्र जवाफ मागेको छ ।
  • जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रम भएकाले धनुषाका प्रमुख जिल्ला अधिकारी सहितलाई स्पष्टिकरण सोधिएको हो ।

काठमाडौं, १ जेठ- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने क्रममा नेपालको झण्डाको आकार नै बिगारेर कार्यक्रमस्थलमा राखिएको थियो । झण्डाको आकृति नै किन बिगारेको भन्ने बारे सरकारले कर्मचारीलाई ३ दिनभित्र जवाफ मागेको छ ।

जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रम भएकाले धनुषाका प्रमुख जिल्ला अधिकारी सहितलाई स्पष्टिकरण सोधिएको हो ।

कार्यक्रममा राखिएको नेपाली झन्डाको आकार र संविधानको अनुसूची १ ले तोकेको मापदण्डभन्दा बिगारेर भिन्न खालको हेर्दै अस्वभाविक थियो ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी र जनकपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले स्पष्टीकरण सोध्दै कार्यक्रममा राखिएको झन्डा निर्धारित स्वरूपभन्दा फरक भएको र त्यस्तो झन्डा महत्वपूर्ण कार्यक्रममा राख्नु कर्मचारीको गम्भीर लापरबाही भएको उल्लेख छ । सम्बन्धितहरूले मन्त्रालयलाई ३ दिनभित्र स्पष्टीकरण लेखी पठाउनुपर्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    दिल लामा

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
चाइनिज टिभीमा प्रसारण भयो नेपाली फिल्म ‘सिन्दुर’
चाइनिज टिभीमा प्रसारण भयो नेपाली फिल्म ‘सिन्दुर’
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो
नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो
राजपामा चर्को विवाद
राजपामा चर्को विवाद
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
कर्मचारी नआउँदा मन्त्रालय रित्तै
कर्मचारी नआउँदा मन्त्रालय रित्तै
व्यथाले च्यापेपछि ४ जिल्ला घुमाएर सुत्केरी

तपाईंले छुटाउनुभयो कि?