नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
  • थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।

काठमाडौँ, २२ साउन । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ ।

थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । नेपाली राष्ट्रिय यु–२३ टोली साउन १८ गते थाइल्याण्ड गएको हो । नेपाल एसियन गेम्समा समूह डीमा छ । नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् । एसियाड भदौ २ गते औपचारिक रुपमा शुरु भए पनि फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ, फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग
द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग
काठमाडौँ उपत्यकामा मंगलवार थपिए ९३४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौँ उपत्यकामा मंगलवार थपिए ९३४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
चट्याङ लागेर नौ जनाको मृत्यु
चट्याङ लागेर नौ जनाको मृत्यु
गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी

तपाईंले छुटाउनुभयो कि?