नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २१, २०७६
|
|
४९ पटक हेरिएको
Shares
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको जानकारी दिँदै सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताएका छन ।
  • एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहो¥याउँदै उनले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे ।
  • उनले भने, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।

सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको जानकारी दिँदै सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताएका छन ।

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहो¥याउँदै उनले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे । उनले भने, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।” नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उनले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे ।

अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए । नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेका बताउँदै उनले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार भएको बताए ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए । चिनियाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन चाहेका तर उनीहरुमा शङ्का र जिज्ञासा रहेकाले त्यसलाई निवारण गर्न नेपालमा नै मञ्चको बैठक आयोजना गरिएको उनले बताए ।

मञ्चको एक दिवसीय बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री र उहाँहरुका प्रतिनिधिले आ–आफ्ना प्रदेशका औद्योगिक विकासका सम्भावनाबारे विस्तृत विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा ५० भन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी छन् । बैठकमा चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका नायब महासचिव ली छुसोङले नेपालमा औद्योगिक प्रतिष्ठान स्थापनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते
भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन
राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन
अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी
अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा प्रेमिकाको हत्या
प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा प्रेमिकाको हत्या
मोदीविरूद्ध प्रदर्शन चर्किदै
मोदीविरूद्ध प्रदर्शन चर्किदै
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने
वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने

तपाईंले छुटाउनुभयो कि?