नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।
  • आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो ।

काठमाडौं, २९ बैशाख । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्विद्यालयले विद्यार्थीहरुको मन जित्न सफल भैसकेको छ । हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ ।

उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए । विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । उनकाअनुसार विश्वविद्यालयले विदेशबाट आउने विद्यार्थीहरुलाई ध्यानमा राखेर होस्टेलको पनि सुविधा प्रदान गर्दै आएको उनले जनाए ।

विश्वविद्यालयले गुणस्तरीय शिक्षासमेत प्रदान गर्दै आएको र हाल जिमदेखि खेलकुदको पनि सुविधा प्रदान गरिएको गोयलले बताए । उनले भने,‘हामीसँग सबै पूर्वाधार छ ।’ विश्वविद्यालयले आफ्नै भवन परिसरमा सांस्कृतिक कार्यक्रमपनि सञ्चालन गर्दै आएको उनले सुनाए ।

विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृद्धिपनि दिईँदै आएको डा. गोयलले जानकारी दिए । उनकाअनुसार हाल उक्त विश्विद्यालयमा २० भन्दा बढि राष्ट्रका विद्यार्थी छन् । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत रहेको उनले सुनाए ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाईस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरुले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने,‘हाम्रो विश्वविद्यालय व्यवसायिक छ । स्मार्ट छ । अध्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदो कोर्शहरु पनि डिजाईन गरिएको छ । विश्वविद्यालयको अध्ययनपछि विद्यार्थीहरु उद्योग तथा व्यवसायमा जान सजिलो हुन्छ ।’

व्यवहारिक ज्ञान हाँसिल गर्नसमेत विश्वविद्यालयले सहयोग पुरयाउँदै आएको उनले जिकिर गरे । उनले थपे,‘हाम्रो विश्वविद्यालय र भारतका प्रतिष्ठित उद्योगबीच सहकार्य छ ।’ विश्वविद्यालयले कम्युनिकेशन स्किललाई पनि बढावा दिँदै आएको उनले विश्वास दिलाए ।

विद्यार्थीहरुलाई अनुभव साटासाटको लागि विभिन्न देशमा लैजाने गरेको र यस्ता कार्यक्रमले विद्यार्थीको भीजन ठूलो बनाउनको लागि मद्दत पुग्ने उनले विश्वास दिलाए । उनले थपे,‘हामीले ईन्टरप्रिनरसिप स्किल पनि सिकाउँछौं ।’ यो वर्षको शैक्षिक सत्रमा नेपालबाट करिब दुई सय जना विद्यार्थी भर्ना हुने आफूहरुको विश्वास रहेको पनि पाठकले स्पष्ट पारे ।

उक्त विश्वविद्यालयमा अहिले कुल तीन हजार विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन मार्केट्रिङ रमनजित सिंह र विश्वविद्यालयका उप–प्राध्यापक विजेन्द्र राजौराको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा
अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा
पश्चिम दाङमा तोरी क्षेत्रको योजना
पश्चिम दाङमा तोरी क्षेत्रको योजना
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
दिवंगत मन्त्री रविन्द्र अधिकारीलगायतको आज टुँडिखेलमा श्रद्धाञ्जली
साउदी राजपरिवारका ३ बरिष्ठ सदस्य पक्राउ
साउदी राजपरिवारका ३ बरिष्ठ सदस्य पक्राउ
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’
‘यसरी ठग्छन् वर्षमा १ खर्ब बढी यातायात व्यवसायी’
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान

तपाईंले छुटाउनुभयो कि?