श्रमदान गरेर पदमार्ग निर्माण

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ११, २०७६
|
|
४७ पटक हेरिएको
Shares
श्रमदान गरेर पदमार्ग निर्माण

सारांश

  • जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।
  • व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयवासीले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।
  • भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेकोमा स्थानीयवासीले श्रमदानमार्फत् रु १५ लाखभन्दा बढीको काम गरेको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिनुभयो ।

जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयवासीले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।

भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेकोमा स्थानीयवासीले श्रमदानमार्फत् रु १५ लाखभन्दा बढीको काम गरेको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिनुभयो । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीयवासी दैनिक रुपमा खटिएका थिए ।

श्रमदानमा नआउने स्थानीयवासीलाई जरिवाना गरिएको आलेले जानकारी दिनुभयो । “दैनिक श्रमदानमा नआउनेलाई दिनको रु ५०० जरिवानाको निर्णय गरिएको थियो,” आलेले भन्नुभयो, “श्रमदानमा नआउने केही स्थानीयवासीलाई जरिवाना पनि तिरायांै ।” पद्मार्ग निर्माणको क्रममा निर्माण सामग्री स्थानीयवासीले बोकेरै पु¥याएका थिए । झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री बोकेरै पु¥याइएको आलेले बताउनुभयो ।

इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । ७७ मिटर भागमा ढुङ्गा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । “पदमार्ग निर्माणका लागि स्थानीयवासीले श्रमदानमा खटिएर ठूलो सहयोग गर्नुभयो,” वडाध्यक्ष थापाले भन्नुभयो ।

उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा पनि रु दश लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेञ्जिङ रुम निर्माण गर्ने तयारी थालिएको थापाले बताउनुभयो ।

थापाका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । “झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,” उहाँले भन्नुभयो,“अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालीम दिने सोचमा छांै ।” ४० मिटर अग्लो झरनामा गत मङ्सिर १६ गते सफल परीक्षण भएको थियो ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका दश घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित
आफैं भोट हाल्न पाउँदैनन् बझाङका  महिला
आफैं भोट हाल्न पाउँदैनन् बझाङका महिला
रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
रुपन्देहीमा यस्तो छ मतपरिणाम: पौडेलको फराकिलो अग्रता
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो

तपाईंले छुटाउनुभयो कि?