अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २९, २०८१
|
|
५९ पटक हेरिएको
Shares
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

सारांश

  • काठमाडौं।
  • भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ।
  • आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।
काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।
आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो। मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ। अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए।
अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए। सापकोटाले बोकेको हरियो रंगको झोलाभित्र रहेको पहेंलो खाममा ३१ थान कागजात र अर्को खामभित्र  एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रकम रहेको आयोगले जनाएको छ।
अनुसन्धान अधिकृतले यो केको पैसा हो? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए। सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा
दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
The superstar Amitabh Bachchan failed to understand the Avengers: Infinity War
The superstar Amitabh Bachchan failed to understand the Avengers: Infinity War

तपाईंले छुटाउनुभयो कि?