नेपाली सिने-सेलिब्रेटीहरुका यी ५ ठूला झगडा (कारण सहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
४० पटक हेरिएको
Shares
नेपाली सिने-सेलिब्रेटीहरुका यी  ५ ठूला झगडा (कारण सहित)

सारांश

  • काठमाडाै, ११ साउन ।
  • केही दिनअघि काठमाडौँमा आयोजित एक कार्यक्रममा नायिका सुष्मा कार्की र नायिका पूजा शर्माको दुश्मनी छरपष्ट भयो।
  • दुष्मनीको कारण पत्ता नलागेपनि सार्वजनिक कार्यक्रममा एकअर्काले बेवास्ता गर्नुले केही गडबडी छ भन्ने छर्लङ्ग भएको छ।

काठमाडाै, ११ साउन । केही दिनअघि काठमाडौँमा आयोजित एक कार्यक्रममा नायिका सुष्मा कार्की र नायिका पूजा शर्माको दुश्मनी छरपष्ट भयो। दुष्मनीको कारण पत्ता नलागेपनि सार्वजनिक कार्यक्रममा एकअर्काले बेवास्ता गर्नुले केही गडबडी छ भन्ने छर्लङ्ग भएको छ।  हुन त, नेपाली सिनेमाका कलाकारहरुको शत्रुता र मित्रता कहाँ कतिबेला कोसंग किन हुन्छ थाहै हुन्न । तर केही कलाकारहरुको शत्रुता भने निकै चर्चामा पुग्ने गर्छ । आउनुस् नेपाली सिने उद्योगमा चलेका केही कलाकारहरु विचको ५ वटा विवाद र झैझगडाका बारेमा चर्चा गरौँ:

नायिका स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावल


नेपाली कलाकारको कचिलो छरपष्ट भएको अर्को घटना हो स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावलबीचको सेक्सुअल ह्यारेस्मेन्ट। सायद, होस्टल, होस्टल रिटन्र्स जस्ता हिट सिनेमा दिएका निर्माता सुनिल रावलले सायद-२ निर्माण गरे, नायक शुसिल श्रेष्ठ र नायिका स्यारोन श्रेष्ठलाई लिएर। पहिलो पटक तोकिएको मितिमा रिलिज नभएर पटक-पटक सरेको सिनेमा अन्ततः ३० असारमा प्रदर्शनमा आयो। सिनेमाले सोचे भन्दा निकै कमजोर व्यापार गरेपछि निर्माता रावलले नायिका स्यारोनमाथि ‘रहर पुरा गर्न सिनेमा खेल्न आएको’ भन्दै प्रमोशनमा असहयोग गरेको आरोप लगाए। आफ्नो पैसामा मोज गरेको र रहर पुरा गरेर स्यारोन प्रचार-प्रसारमा नआएको भन्दै अन्तर्वार्ता दिएपछि नायिका स्यारोनले प्रेसमिटको आयोजना गरेरै आफूमाथि निर्माता रावलले सिनेमा छायाङ्कनको क्रममा ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाइन्।

यो विवादले निर्माता रावलको छवि निकै धमिलिन पुग्यो। उनले निर्माण गरेको ‘होस्टेल’ कि नायिका प्रकृति श्रेष्ठलेसमेत निर्माता रावलको चाला ठीक नभएको भन्दै स्टाटस लेखेपछि रावल अप्ठ्यारोमा परे। धेरैको सहानुभूति नायिका स्यारोन श्रेष्ठमाथि गएपछि अन्ततः रावलले नायिका श्रेष्ठसँग माफि मागे भने उप्रान्त आफ्नो बारेमा नराम्रो नबोल्ने भनेर नायिका श्रेष्ठलाई पनि सम्झौता गर्न लगाए।

नायक भुवन केसी र राजेश हमाल
नेपाली सिने उद्योगका लागि केसी र हमाल निकै ठूलो नाम हो। तर उनीहरुबीचको सम्बन्ध खासै राम्रो छैन भन्नेहरु धेरै छन्। उनीहरुको व्यवहार पनि उस्तै देखिन्छ। राजेश र भुवन हत्तपत्त सँगै कार्यक्रममा त देखिन्नन् नै, देखिएपनि मुन्टो बटारेर बस्ने गरेका छन्।

भुवन केसी र राजेश हमाल मनमुटावको खास कारण नभएपनि राजेश हमालले पाएको ‘महानायक’ को उपाधिको भूवन केसीले सार्वजनिक रुपमा खुलेरै आलोचना गरेपछि यी दुईको सम्बन्ध चिसिएको कतिपयको भनाई छ। यद्यपि भुवन र राजेशले भने आफूहरुबीच कुनै मनमुटाव नभएको दावी गर्दै आएका छन्।

नायिका रेखा थापा
नायिका रेखा थापा सबैभन्दा धेरै झगडा गर्ने सेलिब्रेटीमा पर्छिन् भन्दा अन्यथा नहोला। स्पष्ट र कडा स्वभावकी नायिका थापा कहिले आफ्नै भनाईका कारण विवादमा पर्छिन् त कहिले हर्कतका कारणले। पत्रकारलाई समेत झापड लगाउन पछि नपर्ने यी नायिकाले राजेश हमाललाई महानायक नमान्ने तर्क गरेपछि विवादमा परेकी थिइन्।

रेखा थापा (बायाँ), त्यसपछि राजेश हमाल, आर्यन सिग्देल र निखिल उप्रेती

यसै कारण उनी र हमालबीचसम्बन्ध चिसिएको बुझिन्छ। हमालसँग पहिलो पटक हिरो मार्फत् रजतपटमा प्रवेश गरेकी रेखाले हमाललाई मतलवी र धेरै फ्लप सिनेमा दिने भनेपछिपनि विवादमा तानिएकी थिइन्। आफ्नो डेब्यु-नायक हमालको विरोध गर्दै रेखाले महानायकको उपाधि केसीले पाउनु पर्ने लविङ गरेपछि हमाल चिढिनु स्वभाविकै थियो। नायक निखिल उप्रेतीसँग पनि रेखाको सुखद मित्रता रहेन। नायक विराज भट्टसँगपनि झगडा गर्न भ्याएकी थापाले नायक आर्यन सिग्देलसँग पनि सम्बन्ध बिगारिन्। आफ्नै सिनेमा ‘कस्ले चो¥यो मेरो मन’ को सफलतामा आर्यन सिग्देललाई नसम्झेपछि चिसिएको सम्बन्ध तातिन ८ वर्ष कुर्नु पर्‍यो। गत वर्ष प्रदर्शनमा आएको सिनेमा रुद्रप्रियामा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध सुध्रिएको हो।

नायिका थापा पछिल्लो समय छक्कापञ्जा टिम र नायिका ऋचा शर्माको ‘गेट वेल सुन’ काण्डमा पनि मुछिन पुगिन्। ऋचा र छक्कापञ्जा टिमको विवादमा फेसवुक स्टाटसमा कमेन्ट गर्दै जोकर भन्दा कहिल्यै माथि उठ्न सक्दैन भन्न भ्याइन्। जवाफमा दीपाश्री निरौलाले ‘थ्याङक यु रेखा’ लेखिन्। त्यस अघि सार्वजनिक कार्यक्रममा रेखा थापालाई दीपाले हास्यव्यङ्ग्य कार्यक्रममा व्यङ्ग्य गरेको रिस रेखाले फेरेको धेरैले अनुमान गरेका थिए। उनीहरुको शत्रुता केही दिन अगाडि समाप्त भएको छ। यतिबेला उनीहरु कार्यक्रममा सँगै गाला जोडेर फोटो खिच्ने र अन्तर्वार्ता दिने गरेका छन्।

सन्तोष सेन, प्रदीप खड्का र सुदर्शन थापा, पूजा शर्मा
सिनेमा उद्योग बाहेक आम दर्शकलाई थाहा हुने गरी भएको कलाकारको झगडामध्ये निर्माता सन्तोष सेन, प्रदीप खड्का र निर्देशक सुदर्शन थापा, पूजा शर्माबीचको झगडा पनि एक हो। निर्माता सन्तोष सेन खेमामा नायक प्रदीप खड्का र निर्देशक सुर्दशन थापाको खेमामा नायिका पूजा शर्मा छन्। सेन र थापा मिलेर ‘चंखे शंखे पंखे’ निर्माण गरेपछि सफल सिनेमा ‘प्रेमगीत’ बनाए। तर उनीहरुले आफ्ना सम्बन्ध भने भत्काए।

विवादको मुख्य कारण थाहा नभएपनि आर्थिक पाटो भएको कतिपयको आशंका छ। तिक्तता यति बढेर गयो कि उनीहरुएक अर्काको नाम समेत सुन्न तयार थिएनन्। यही तिक्तताका कारण सुर्दशनले निर्देशन गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु’, सन्तोष सेनले निर्माण गरेको सिनेमा ‘प्रेमगीत-२’ लगभग एउटै समयमा प्रदर्शनमा आयो।सुदर्शन थापा, पूजा शर्मा, प्रदीप खड्का र सन्तोष सेन

केही हप्ताको अन्तरालमा प्रर्दशनमा आएको सिनेमाको प्रचारसामाग्री पनि लगभग एउटै समयमा सार्वजनिक भयो। त्यसताका आफ्ना सिनेमाको ट्रेलर गीतमा ‘डिसलाईक’ गराउन एक अर्काको हात रहेको छ भनेर आरोप–प्रत्यारोपपनि भए। उनीहरुबीचको तिक्त सम्बन्धको विषय सञ्चारमाध्यममा निकै गसिपका विषय बने। यता नायक प्रदीप खड्का र नायिका पूजा शर्माबीचको तिक्त सम्बन्धपनि सतहमै देखियो। उनीहरुबीच बोलचाल त बन्द भयो नै, एक अर्काको अनुहार समेत हेर्न चाहन्नथे। प्रदीप र पूजालाई आमदर्शकले सिनेमामा सँगै अभिनय गर्न शुभकामना दिएपनि आ-आफ्नै हठमा रहे। 

छक्कापञ्जा टिम र नायिका ऋचा शर्मा 

नेपालका सबैभन्दा धेरै सेलिब्रेटी एकै पटक विवादमा तानिएको काण्ड हो, ‘गेट वेल सुन’ काण्ड। नायिका ऋचा शर्माले एक सार्वजनिक कार्यक्रममा आफ्नो सिनेमासँग तुलना गर्दै छक्कापञ्जा हेरेर हाँस्ने दर्शकलाई पाखण्डी भन्न भ्याइन्। आफ्नो सिनेमाका दर्शकलाई पाखण्डी भनेपछि निकै रुष्ट भएका छक्कापञ्जाका निर्माता दीपकराज गिरीले आफ्नो सिनेमाका दर्शकलाई पाखण्डी भन्ने नायिकाको स्वास्थ्य अवस्था खराब भएको भन्दै ‘गेट वेल सुन’ अर्थात् शिघ्र स्वाथ्य लाभको कामना गरे।

ऋचा शर्मा र छक्कापञ्जा टिम यसरी आवेगमा आएको छक्कापञ्जा टिमका सबै कलाकारहरुले कपिपेष्ट स्टाटस लेखे। निर्देशक दीपाश्री निरौला, कलाकारहरु प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, आयुष्मान देशराज जोशी लगायतका सबैले एउटै स्टाटस लेखे। यसबाट छक्कापञ्जा टिमको आलोचना भयो भने नायिका ऋचा शर्माले सहानुभूति प्राप्त गरिन्। एक नायिका विरुद्ध यसरी सबै कलाकारहरु आक्रामक रुपमा आएपछि घट्नाले निकै ठूलो रुप लिन पुग्यो, निर्माता दीपकराज गिरीले मिडिया अन्तर्वार्तामार्फत् स्पष्टिकरण दिँदै हिड्नु पर्‍यो।

यसै घटनामा ऋचाको पक्ष लिँदै बोलेपछि नायिका रेखा थापा पनि विवादमा तानिएकी थिइन्।

(प्रभात लामाले नेपाल खबरमा लेखेका छन्)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन
कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन
सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ
नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
जगाको कित्ताकाट फुकुवा
जगाको कित्ताकाट फुकुवा
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी
वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन