नेपाल कतारसँग हार्दा प्रतियोगिताबाटै बाहिरियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नेपाल कतारसँग हार्दा प्रतियोगिताबाटै बाहिरियो

सारांश

  • काठमाडौं ।
  • एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
  • कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो ।

काठमाडौं । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो । त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प
भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
बैशाख ३१ गते बुधबारको राशिफल यस्तो छ
बैशाख ३१ गते बुधबारको राशिफल यस्तो छ
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री  महासेठलाइ हटाउन यस्ताे पत्र !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाइ हटाउन यस्ताे पत्र !
अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति ?

तपाईंले छुटाउनुभयो कि?