नेपाल संवतको इतिहास

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १२, २०७६
|
|
४५ पटक हेरिएको
Shares
नेपाल संवतको इतिहास

सारांश

  • नेपालको इतिहासमा नेपाल सम्बतको छुट्टै ऐतिहासिक र विशिष्ट महत्व रहेको छ ।
  • यो सम्बत नेपालको आफ्नै मौलिक र देशकै नामबाट स्थापना भएको सम्वत हो ।
  • नेपाल सम्बतको नयाँ वर्ष आजबाट सुरु भएको छ ।

नेपालको इतिहासमा नेपाल सम्बतको छुट्टै ऐतिहासिक र विशिष्ट महत्व रहेको छ । यो सम्बत नेपालको आफ्नै मौलिक र देशकै नामबाट स्थापना भएको सम्वत हो । नेपाल सम्बतको नयाँ वर्ष आजबाट सुरु भएको छ । आजैका दिनदेखि नेपाल सम्वतले ११ उ ३९ साल पुरा गरी ११ सय ४० सालमा प्रवेश गरेको छ । नेपालमा खास गरेर चार किशिमका सम्वत प्रचलनमा रहेका छन् ।

कली सम्वत, शक सम्वत, नेपाल सम्वत र विक्रम सम्वत, यी मध्ये नेपाल सम्वत नेपालको आफ्नै मौलिक सम्वत हो । राजा महाराजा र धार्मिक व्यक्तिको नामबाट सम्वत चलाउने तत्कालिन प्रचलन विपतरित यो सम्वत देशको नामबाट चलाइएको छ । नेपालको इतिहासमा स्वर्ण युग भनिने लिच्छवीकालमा नेपाल सम्वतको सुरुवात भएको हो । नेपाल सम्वतका प्रवर्तक शंखध्वर शाख्वा हुन् ।

राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखधर शाख्वाले ऋण मुक्त गराएका थिए । यसरी शंखध्वर साख्वाले देशबासीलाई ऋण मुक्त गराउन पुर्याएको योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन चन्द्रमानक पात्रोमा आधारित नेपाल सम्वत प्रचलन ल्याइएको थियो । नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत नौ सय छत्तिस र इश्वी सम्वत आठ सय उनन्असी थियो ।

एघार सय चालिस वर्षदेखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु प¥यो । लिच्छवीकाल र मल्लकालमा राजकीय सम्वतको मान्यता पाएको नेपाल सम्वतलाई गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय प्राप्त गरेपछि भने राजकीय मान्यता दिएनन् । उनले गोरखामा प्रचलनमा रहेको शक सम्वतलाई राजकीय सम्वतको मान्यता दिए ।

तर राजकीय सम्वतका रुपमा नरहे पनि व्यवहारमा भने नेपाल सम्वत चलि नै रह्यो । नेपालको इतिहासमा जंगबहादुर राणाको उदय भए पछि बनाइएको मुलुकी ऐनमा नेपाल सम्वतको प्रचलनलाई प्रतिबन्ध नै लगाइयो । त्यस्तै बिक्रम सम्वत उन्नाइस सय साठी सालमा प्रधानमन्त्री चन्द्र समसेरले शक सम्वतलाई समेत हटाई उत्तर भारतमा प्रचलनमा रहेको बिक्रम सम्वतलाई प्रयोगमा ल्याए । तर काठमाडौँका नेवार समुदायले भने नेपाल सम्वत नै प्रयोग गर्दै आए ।

बिक्रम सम्वत दुई हजार तीन सालदेखि नै राष्ट्रिय सम्वतको मान्यता दिलाउन संघर्ष सुरु गरिएको अभियानले बिस्तारै व्यापकता पायो । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिइसकेको छ भने नेपाल सम्वतले पनि राष्ट्रिय मान्यता पाइसकेको छ ।

नेपाल सम्वतको नया वर्ष नेवार समुदायले सांस्कृतिक रुपमा मनाउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन साँझ परिवारका सबै एकै साथ बसि आत्मशुद्धिका लागी आत्म पूजा गर्छन् । जसलाई म्ह पूजा भनिन्छ । म्ह पूजा नयाँ वर्षको सुरुवातमा नेवार समुदायले मनाउने एक सांस्कृतिक पर्व हो । नयाँ वर्षलाई स्वागत गर्ने क्रममा पछिल्ला वर्षहरुमा ¥याली, विभिन्न कार्यक्रम लगायतको आयोजना समेत गर्दै आइएको छ । सुरज खड्का

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?